३० आश्विन २०८३, शुक्रबार

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालीको मन जित्ने अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalकाठमाडौँ, १३ साउन । आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपाल र स्कटल्यान्डबीच खेल सुरु भएको छ ।

निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी नेपाली समयानुसार अपराह्न साढे तीन बजेदेखि स्कटल्याण्डस्थित एलोवेमा भर्खरै सुरु भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । वर्षाका कारण खेल ३६ ओभरमा छोट्याइएको छ ।

ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट खेलमा खराब प्रर्दशन गरेका नेपाली टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गर्दै नेपालीको मन जित्ने अवसर पुनः प्राप्त गरेको छ ।

गत असारमा सम्पन्न ट्वेन्टी ट्वेन्टी विश्वकप छनोटमा लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको नेपाली टोलीको लागि आज स्कटल्यान्डविरुद्वको खेल निकै महत्वपूर्ण मानिएको छ ।

यसअघि एक दिवसीय क्रिकेटमा नेपाल र स्कटल्यान्ड एक पटक आमनेसामने भएका थिए । यसको नतिजा स्कटल्यान्डको पक्षमा गएको थियो । आइसिसी विश्व लिग क्रिकेट डिभिजन टुमा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा नेपाल उक्त प्रतियोगिताको लागि छानिएको हो ।

आठ देश सहभागी उक्त च्याम्पियनसीप सन् २०१९ को इङ्ग्ल्यान्ड र वेल्समा हुने विश्वकप लागि छनोटको आधार पनि हो । यसबाटै छ टोली दोस्रो चरणमा पुग्नेछन् ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री (विकेट किपर), अनिल मण्डल, शरद भेषावकर, पृथु बाँसकोटा, राजेश पुलामी मगर, सिद्धान्त लोहनी, प्रदीप ऐरी, सोमपाल कामी र अभिनाश कर्ण रहेका छन् । रासस