८ कार्तिक २०८३, आइतबार

गौशालाको मणिपाल कलेजबाट हतियारधारी समातिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarगौशाला, १३ साउन । महोत्तरीको जलेश्वरस्थित मणिपाल कलेज हाताबाट आज पेस्तोल र दुई थान गोलीसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डाम्हीमडै गाविस–२ का रामअनेक झा रहेको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी दिनुभयो । उसको साथबाट २०० ग्राम लागुऔषध गाँजासमेत बरामद गरिएको बताइएको छ ।

विशेष सुराकीको आधारमा मध्य क्षेत्रीय प्रहरी अनुसन्धान कार्यालय हेटाँैडाबाट गएको टोलीले झालाई पेस्तोलसहित पक्राउ गरेको हो । रासस