काठमाडौं, १३ साउन । विश्व क्रिकेट लिग अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल केही समयका लागि सरेको छ । अब खेल केही ढिला सुरु हुनेछ ।
आज बिहान भएको बर्षाका कारण क्रिकेट मैदानको कालेपत्रे गिलो भएकाले मैदान तयार पार्न खेल निर्धारित समयमा सुरु नभएको हो । आइसीसीका अनुसार स्कटल्याण्डको आयरमा साढे तीन बजे सुरु हुने भनिएको खेल अब ३ बजेर ४५ मिनेटसम्ममा सुचारु हुनेछ । अहिले त्यहाँको मौसम अनुकुल छ ।















प्रतिक्रिया