काठमाडौं, १३ साउन । नेपाली सेनामा उच्च सैनिक अधिकारीहरुको व्यापक सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारी अनुसार सेनामा उपरथी, सहायकरथी, महासेनानी,प्रमुख सेनानी र सेनानीहरुको सरुवा भएको भएको हो ।
सैनिक मुख्यालयले गरेको सरुवाअनुसार उपरथी रमेश पुनको पश्चिम पृतना पोखरा,उपरथी प्रल्हाद थापालाई बलाध्यक्षको कार्यालय,सहायकरथीहरु रामशरण कार्कि पाच बाहिनीको बाहिनीपतीमा,रघु भण्डारी २६ बाहिनीको बाहिनीपतीमा, हुने वाला प्रधानसेनापतीका भाई ज्योतिन्द्र खत्री ६ बाहिनी अड्डा र सहायकरथी नरेश भट्टको राष्ट्रिय विकास निर्देशनालयमा निर्देशकमा सरुवा भएको हो ।
स्रोतकाअनुसार सहायकरथी ज्ञानेन्द्र रायामाझिलाई बढुवा गरेर सरुवा गर्न हेटौडास्थित मध्यपृतना खाली नै राखिएको छ । केही दिनअघी मात्र बढुवा भएका उपरथी प्रल्हाद थापालाई पृतनापती बनाएर पठाउने अनुमान गरीएपनि उनलाई बलाध्यक्षको कार्यालयमा सेकेण्ड मेनको रुपमा सरुवा गरिएको छ ।
त्यसैगरी महासेनानीमा बढुवा भएका व्य.न. २१७८ का अनुपजंग थापा बलाधिकृत विभागको (व्य.यु.) मा महासेनानी प्रकाश देउजालाई राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा,महासेनानी विनोद खरेल २१ बाहिनीको सहायक बाहिनीपतिमा र इन्द्र रायामाझिलाई ४ बाहिनीको सहायक बाहिनीपतिमा पदस्थापन गरिएको छ । यता,विरेन्द्र अस्पताल छाउनीमा कार्यरत प्राविधिक महासेनानी डा.रमेशराज विष्टलाई सहायकरथीमा र प्रमुख सेनानी डा.मुकुन्दसिंह श्रेष्ठलाई महासेनानीमा बढुवा गरेको छ ।
त्यसैगरी सेनाले पुर्व प्रधानसेनापती रुकमाङगत कटुवालका छोरा प्रमुख सेनानी सुुभाङगत कटुवाल (पशुपती गणको गणपती) सहित ४३ जना प्रमुख सेनानीको सरुवा गरेको छ । जनआस्था साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया