४ कार्तिक २०८३, बुधबार

विमानस्थलमा यात्रुको सामान चोर्न प्रहरीलाई भ्याईनभ्याई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chorकाठमाडौं, १३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत दुई प्रहरीले यात्रुको सामान चोरी गरेका छन् ।

हङकङको ड्रागन एयरबाट कार्गो भइ आएको ल्यापटप लगायत सामान चोरी गर्ने प्रहरी जवानद्धय निर्मल शाह र प्रेमप्रसाद जोशी हुन् ।

उनीहरुले साउन ३ गते मध्यराति आएको जहाजबाट डेल कम्पनीको ल्यापटप चोरी गरेका थिए ।

राती सवा १२ बजे कार्गोको एप्रोन एरियामा खटिएका उनीहरुले ल्यापटप भएको कार्टुन च्यातिएको देखेपछि त्यहींबाटै चोरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

उनीहरुले सामान चोरी गरेको दृष्य सीसीटिभी फुटेजमा देखिएपछि बिमानस्थल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरु बिरुद्ध ड्रागन एयरका एयर सर्भिस ब्यवस्थापन सुमन तुलाधरले जाहेरी दिएका छन् ।

अभियुक्त प्रहरी जवानद्धयलाई चोरी मुद्दा लगाई महानगरीय प्रहरी परिसर टेकुको हीरासत कक्षमा राखिएको छ ।