३० आश्विन २०८३, शुक्रबार

नेपालले आइसिसी टी–२० अन्तर्राष्ट्रिय वरीयता गुमायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-association-of-nepaक्लालालम्पुर, १३ साउन । आयरल्यान्ड र स्कटल्यान्डमा सम्पन्न टी–२० विश्वकप क्वालिफायरमा कमजोर प्रदर्शन गरेको नेपालले यसअघि पाएका अवसरलाई गुमाउने क्रम सुरु भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आधिकारिक रूपमा नेपालले टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमाएको घोषणा नगरे पनि नेपालले टी–२० वरीयता गुमाएको समाचार सौर्य दैनिकले छापेको छ ।

आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले आइसिसी टी–२० को वरीयतामा नेपाल कुनै पनि स्थानमा छैन । यसअघि नेपाल १५ आँ स्थानमा थियो ।

आइसिसीको वरीयतामा नेपाल छैन । १५ देशपछि युएई र ओमानले आठ देशसँग खेल पूरा भएपछि वरीयता पाउने भएका छन् ।

गत वर्ष बंगालादेशमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीले गत अक्टोबरबाट नेपाललाई टी–२० को मान्यता दिएको थियो । अक्टोबरमा आठ खेल खेलिसकेपछि नेपालले वरीयता पाएको थियो ।

आइसिसीले निकालेको नयाँ वरीयताअनुसार शीर्ष स्थानमा श्रीलंका छ ।

अस्ट्रेलिया र भारत दोस्रो र तेस्रो स्थानमा छ । अफगानिस्तान नवौँ स्थानमा उक्लेको छ । यस्तै, हङकङ, स्कटल्यान्ड र नेदरल्यान्ड क्रमश स् ११, १२ औँ र १३ औँ स्थानमा छ ।

आयरल्यान्ड १५ औँ स्थानमा छ । एकदिवसीय प्रतियोगिताको मान्यता रहेको युनाइटेड अरब इमिरेट्स (युएई) र ओमानलाई खेल्नुपर्ने खेलहरू नखेलिएका कारण वरीयतामा राख्ने निश्चित भए पनि वरीयता देखाइएको छैन ।

आयरल्यान्ड र स्कटल्यान्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकप छनोटको प्रतियोगितामा कमजोर प्रदर्शन गरेको थियो । १४ टोलीले सहभागिता जनाएको छनोट प्रतियोगितामा नेपाल १२ औँ स्थानमा रहेको थियो ।

गत वर्ष बंगलादेशमा भएको विश्वकपको तीन खेलसहित नेपालले ११ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । गत वर्ष नै नेपालले श्रीलंकामा हङकङविरुद्ध अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो ।

यस्तै, विश्वकप छनोटअघि नदरल्यान्डविरुद्ध चार खेल र विश्वकप छनोटमा अमेरिका, नामिबिया, आयरल्यान्ड, पपुवा न्युगिनी, हङकङ र जर्सीसँग खेलेको थियो । ११ खेलमा नेपालले तीन खेलमा मात्र जित हात पार्दा सात खेलमा पराजित भएको थियो ।

यसबीच नेपालमा क्रिकेटको लोकप्रियता चुलिएको थियो । राज्यको खेलकुदको महत्वपूर्ण निकायले पनि क्रिकेटलाई नै पहिलो प्राथमिकतामा राखेको थियो ।