८ कार्तिक २०८३, आइतबार

तीन महिनामा भूकम्पका ३६२ धक्का, अब के हुन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-epicenter-earthquakeकाठमाडौँ, १२ साउन । आज बिहान ९ बजेर २१ मिनेट जाँदा परकम्प महसुस गरिएको छ ।

सिुन्धुपाल्चोकको बतासे आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि आजसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ३६२ परकम्प गइसकेका छन् ।

गोरखा भूकम्प गएको आज तीन महिना पुगे पनि परकम्प जाने क्रम रोकिएको छैन । पछिल्लो महिना परकम्प जाने क्रम केही कम भए पनि साउन महिनामा भने दैनिकजसो परकम्प गइरहेका छन् ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्प अझै कहिले सम्म आउँछ भनेर भन्न नसकिने बताउछन् । उनले भने-‘अब ठूलो भूकम्प आउने सम्भावना त्यती छैन् तर, स-साना धक्का यति समयसम्म आउँछ भनेर भन्न सकिन्न् ।’ यसले केही क्षति नगर्ने भएकाले नआत्तिन आग्रह समेत उनले सर्वसाधारणलाई गरे ।