काठमाडौँ, १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग सवारी साधनको ब्लु बुक नवीकरण गर्दा घुस लिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, गण्डकीका लेखा अधिकृत र लेखापालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले सो कार्यालयका लेखा अधिकृत गोविन्दप्रसाद बराल र लेखापाल नारायणहरि शर्माले सवारी साधनको ब्लु बुक नवीकरण गर्दा सेवाग्राहीसँग रु दश हजार घुस लिएको आरोप लगाएको छ । उनीहरुलाइ हदैसम्मको कारबाहीको माग गर्दै आज आयोगले मुद्दा दायर गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस















प्रतिक्रिया