८ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिमको इतिहासलाई खाल्डोमा हाल्न दिन्न : नेता भट्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lekhraj-Bhattaभीमदत्तनगर, १२ साउन । एकीकृत नेकपा (माओवादी)का नेता लेखराज भट्टले देशलाई सङ्घीयता लैजाँदा सुदूरपश्चिमलाई टुक्र्याएर इतिहास मेट्न कुनै हालतमा नदिइने बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आयोजित सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सुदूरपश्चिमका खसहरुको पहिचान राष्ट्रियतासित जोडिएको बताउनुभयो ।

अर्काे एक प्रसङ्गमा उहाँले आफ्नो क्षेत्रको हितमा बोल्दा पार्टी र पार्टी बाहिरबाट आफूलाई पार्टी परित्याग गरेको देखि पार्टीको नीतिविपरीत हिँडेको भनी गरिएको प्रचारबाजीप्रति आपत्ति जनाउनुभयो । रासस