३० आश्विन २०८३, शुक्रबार

‘देश विकासका लागि बजेटको कमी हुँदैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaran-mahat

– विवेक विश्वकर्मा
भैरहवा, १२ साउन । अर्थमन्त्री डा.रामशरण महतले बजेटको अभावमा सचांलित योजनाहरुको काममा ढिलाई हुन नदिने बताएका छन् ।

राष्ट्रिय स्तरमा सचांलित योजनाहरुको लागी बजेट मार्फत निश्चित रकम बिनियोजन गरिए पनि उक्त रकम सकिएर थप काम भए त्यस्तो अवस्थामा बजेट थप हुने उनले बताए । सिद्धार्थ उद्योग बाणिज्य सघं, भैरहवाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले धेरै ठाउमा बजेटको समस्या देखाउने काम नगर्ने प्रबृति देखिएको बताए ।

‘लुम्विनीमा जहिले पनि बजेटको अभाव भएको देखाईन्छ, तर त्यही ठुलो बजेट फ्रिज भएको छ, मन्त्री महतले भने– काम नगर्ने बजेट मात्र मागेर के हुन्छ ?’ उनले लुम्बिनीमा बजेट भन्दा पनि ब्यबस्थापनमा समस्या रहेको दावी गरे । त्यस्तै भैरहवा क्षेत्रमा सचांलीत गौतमबुद्ध अन्तराष्ट्रिय बिमान स्थल निमार्ण, भैरहवा-बुटवल ब्यापारिक मार्ग बिस्तार जस्ता योजनाहरुलाई समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने उनले प्रस्टाए ।

‘पहिला काम गर्नुहोस, बजेटको लागी समस्या छैन,’ उनले भने । अर्को एक प्रसगमा भारतबाट कृषि जन्य बस्तु आयात गर्दा त्यसमा सरकारी दस्तुर बढाउन दुई देश बिचको ब्यापार सम्झौताका कारण समस्या रहेको बताए ।

सघंका अध्यक्ष रामकुमार शर्माले कृषि जन्य बस्तुको आयातमा भन्सार शुल्क न्युन भएकाले वारीका उद्योगी ब्यापारीले प्रस्पिर्धा गर्न नसकेको भन्दै स्वदेशी उद्योग र कृषकलाई संरक्षण हुने गरी कार्यक्रम ल्याउन माग गरे ।