३० आश्विन २०८३, शुक्रबार

तटबन्ध निर्माण गर्न भारतले दियो साढे ३८ करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Indiaकाठमाडौँ, १२ साउन । भारत सरकारले नेपालका तीनवटा नदीमा तटबन्ध निर्माण गर्न रु ३८ करोड ६२ लाख ६ हजार थप सहयोग उपलब्ध गराएको छ ।

उक्त रकम बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणको बाँकी काम सम्पन्न गर्न खर्च गरिने छ । सिँचाइ मन्त्रालयमा आज आयोजित समारोहमा सिँचाइमन्त्री एनपी साउदलाई नेपालका लागि भारतीय राजदूत रन्जित रायले उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

नेपाल–भारत डुवान तथा बढी नियन्त्रण व्यवस्थापन संयुक्त समितिको नवौँ बैठकको निर्णयअनुसार भारतले नेपाल सरकारलाई उक्त रकम उपलब्ध गराएको हो । यसअघि, भारतले बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणका लागि रु तीन अर्ब ४६ करोड ५४ लाख उपलब्ध गराइसकेको सिँचाइ मन्त्रालयका प्रवक्ता रामानन्दप्रसाद यादवले जानकारी दिनुभयो ।

उक्त रकमबाट बाग्मती नदीमा ४० किमी, लालवकैया नदीमा ६१ किमी र कमला नदीमा ६८ किलोमिटर तटबन्ध निर्माण भइसकेको बताइएको छ । भारत सरकारले पश्चिम राप्ती, मोहना, दोदा र लखनदेहीमा तटबन्ध निर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । रासस