३० आश्विन २०८३, शुक्रबार

विश्व पौडी च्याम्पियनसिपमा भाग लिन नेपाली टोली रुस प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paudi-khelकाठमाडौँ, १२ साउन । रुसको कजानमा हुने १६औँ विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउने सिलसिला नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा शिरिष गुरुङ, किरण कार्की, गौरिका सिंह र सोफिया शाहले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षणका क्रममा लन्डनमा रहेकी गौरिका भने उतैबाट रुस आइपुग्ने टिम व्यवस्थापक वासुदेव निरौलाले जानकारी दिनुभयो ।

प्रतियोगितामा शिरिषले ५० र एक सय मिटरको फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् भने किरणले ५० र सय मिटको ब्रेस्ट स्ट्रोक, गौरिकाले एकसय मिटरको ब्याक स्ट्रोक, फ्री स्टाइल र सोफियाले ५० र २०० मिटरको फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

तीन खेलाडीसहित प्रशिक्षक ईश्वर कार्की र टोली व्यवस्थापक निरौलालाई आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । उक्त टोली आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्दैछ । रासस