४ कार्तिक २०८३, बुधबार

अग्नीपुत्र एउटालाई चीन प्यारो, अर्कोलाई अमेरिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China-americaकाठमाडौं, १२ साउन । एमालेका प्रभावशाली नेता अग्नी खरेल र एमाओवादीका प्रभावशाली नेता अग्नी सापकोटा हाल संयोगवश काठमाडौंको कोटेश्वरस्थित सुविधाननगरमा बस्छन् । अग्नी खरेलको आफ्नै घर भने सापकोटाकोचाँहि डेरा । दुवै जना अहिले संविधानसभा सदस्य छन् ।

यद्यपी तीनकुनेबाट बानेश्वरस्थित संविधानसभा भवनसम्म सँगै यात्रा गर्ने खासै साइत जुर्दैन यी दुई नेताको सहयात्रा गर्ने साइत नजुर्नको कारण एउटाको सुपुत्र चीन अर्काको सुपुत्र अमेरिका हुनुचाँहि होइन ।

समाचार स्रोतका अनुसार एमाओवादी अग्नीपुत्र रुपक सापकोटा चीनमा अन्तर्राष्ट्रिय कुटनीतिमा उच्च शिक्षा हासिल गर्दैछन् भने एमाले अग्नीपुत्र योमन खरेल अमेरिकामा नै उच्च शिक्षा हासिल गरी अमेरिकी सेनामा जागिरे भई सेवामा छन् । नेपालका कम्युनिष्ट नेताहरुका सुपुत्रहरुले मित्रराष्ट्रहरुमा उच्च शिक्षा हासिल गर्नु त राम्रै कुरा हो । तर, सैनिक सेवामा प्रवेशलाई भने अचम्मकै रुपमा हेरिएको छ । जनादेश साप्ताहिकमा खबर छ ।