सुर्खेत, ११ साउन । राष्ट्रिय एकता पार्टीले काठमाडौं लैजान लागेका बालबालिकालाई बालकल्याण समितिले उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।
न्चुबाट उद्धार गरिएका मुगुका ११ बालबालिकालाई प्रशासन र प्रहरीको रोहवरमा अभिभावकको जिम्मा लगाइएको समाचार सौर्य दैनिकले छापेको छ ।
काठमाडौं अनामनगरमा कार्यालय रहेको सो पार्टीले शिक्षा र राम्रो पालन पोषण गरिदिने भन्दै मुगु जिल्ला धैनकोट गाविस–९ का ११ बालबालिकालाई कठमाडौं लैजाँदै गरेको थियो ।
आफूलाई राष्ट्रिय एकता पार्टीको केन्द्रीय सदस्य बताउने धनमानसिंहले मुगुदेखि बाजुरा, कालिकोट हँदै सुर्खेत ल्याएका थिए ।
सातदेखि १२ वर्षका ती बालबालिकालाई इलाका प्रहरी कार्यालय छिन्चुले उद्धार गरेको थियो ।
राष्ट्रिय एकता पार्टीका केन्द्रीय अध्यक्ष उमा श्रेष्ठले बालबालिका काठमाडौं ल्याउन भनेको प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ ।
हामीले राम्रै सोच्यौँ, बाहिर उच्च शिक्षासम्म पढाउने र जागिर लगाइदिन्छौँ भनेकाले बालबालिका पठायौँ, सुर्खेत आइपुगेका मुगुका भीमबहादुर मल्लले भने, ‘तर कहाँ लैजाँदै हो ? किन लैजाँदै हो ? भनेर बुभ्ने कोसिस गरेनौँ, दुई दिन पैदल हिँडेर बाजुरासम्म पु-याएका थियौँ ।’
‘हामीले कहिल्यै पढेनौँ, गाउँकै छोरो नाता लाग्नेले राम्रो हुन्छ भनेर आफ्ना छोराछोरीसहित काठमाडौं लैजान्छु भनेपछि हामीले पनि विश्वास गरेर आफ्ना सन्तानलाई पठाएका हौँ,’ उनले थपे ।
प्रहरीले उद्धार गरिएका बालबालिकामा मुगुका पेवरा मल्ल, नवराज मल्ल, वीरबहादर मल्ल, राजु मल्ल, चन्द्रराज मल्ल, गगन मल्ल, रमना मल्ल, लोकेन्द्र मल्ल, मोहन शाही, सुरेन्द्र शाही र तुता शाही छन् ।
यसबारेमा प्रहरीले थप अनुसन्धानअगाडि बढाएको बताएको छ ।
राष्ट्रिय एकता पार्टीका केन्द्रीय अध्यक्ष उमा श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थाल्न जिल्ला बालकल्याण समितिको समन्वयमा काठमाडौं प्रहरीलाई पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेशकुमार लाल कर्णले बताए ।
तर, हालसम्म ती बालबालिकालाई के कति कारणले काठमाडौं लैजान लागेको हो भन्नेबारे खुलेको छैन ।















प्रतिक्रिया