३० आश्विन २०८३, शुक्रबार

प्रदीपजंग पाण्डेसहित २१ जनाले राष्ट्रपतिबाट माफी पाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-Jung-Pandayकाठमाडौँ, १२ साउन । राष्ट्रपति डा रामवरण यादवले विभिन्न जिल्ला अदालतबाट २१ व्यक्तिलाई भुक्तान हुन बाँकी कैद, सजाय तथा जरिवाना माफी गर्नुभएको छ ।

भ्रष्टाचारको पूरानो मुद्दामा जेलमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले पनि माफी पाएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति यादवले पाण्डेसहित २१ जनाको सजाय तथा जरीवाना माफी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका उपसचिव हरिप्रसाद दवाडीले आज विज्ञप्ति प्रकाशन गरी नेपालको अन्तरिम संविधान २०६३ को धारा १५१ अनुसार मन्त्रिपरिषद्को रिफारिसमा उक्त माफी गरिएको जानकारी दिनुभएको छ ।