काठमाडौं, ११ साउन । अर्काे महिना घरेलु मैदानमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसीप खेल्न नेपाली राष्ट्रिय फूटबल टोलिका युवा स्ट्राइकर विमल घर्तीमगर नेपाल आउने भएका छन् ।
भारतविरुद्ध हुने साफ र मैत्रीपूर्ण फुटबल खेल्न विमल साउन ३० मा काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । हाल उनी बेल्जियमको चर्चिच क्लब ब्रग केभीमा तालिम लिइरहेका छन् ।
साफ यु-१९ भदौ ३ देखि १२ गतेसम्म काठमाडौंमा र भारतसँगको मैत्रीपूर्ण खेल भदौ १४ गते भारतको पुनेमा आयोजना हुँदैछ । जसमा नेपालको उपस्थिती आक्रामक हुनेछ । विमलको उपस्थितिले नेपाली टोलीको आक्रमणलाई थप सशक्त बनाउने एन्फाको विश्वास छ ।
सन् २०१६ मा नेपालले साफ यु-१६ को फाइनल पुग्दा उनी टोलीका मुख्य खेलाडी थिए । उनले अन्तिम समयमा हानेको गोलको खुबै चर्चा भएको थियो ।















प्रतिक्रिया