१ कार्तिक २०८३, शनिबार

भारतको पञ्जाब आक्रमणमा ६ जनाको मृत्यु, मोदीले बोलाए बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ११ साउन । उत्तरी भारतको पञ्जाब प्रान्तको गुर्दासपुर जिल्लामा सोमबार भएको आतङ्कवादी आक्रमणमा परी कम्तिमा छ जनाको मृत्यु भएको त्यहाँको उच्च प्रहरी अधिकारीले बताएका छन् । उक्त घटनामा पाँच जना घाइते भएको पनि खबर छ ।

स्थानीय समयअनुसार सोमबार बिहान करिब ५ः३० बजे भारत-पाकिस्तान सिमानानजिकै भएको उक्त हमलामा सैनिक पोसाकमा आएका चार जना आतङ्कवादीहरुको संलग्नता भएको जनाइएको छ ।

उनीहरुले आक्रमण गर्नुभन्दा पहिले एउटा कारलाई आफ्नो कब्जामा लिई यात्रुवाहक बसमाथि अन्धाधुन्द गोली चलाएका थिए । पछि दिनानगरको प्रहरी कार्यालयमाथि पनि आक्रमण गरेका थिए ।

उनीहरु प्रहरीको प्रत्याक्रमणमा मारिएका छन् । पन्जाबमा आतङ्कवादी हमला भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा बरिष्ठ मन्त्रीहरुको आकस्मीक बैठक बोलाएका छन् । रासस/सिन्ह्वा/पीटीआई