३० आश्विन २०८३, शुक्रबार

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा रायमाझी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Top-bhadurभैरहवा ११ साउन । लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा टोप बहादुर रायमाझी निर्वाचित भएका छन् । १० औ जिल्ला अधिवेशनबाट रायमाझी निर्वाचित भएका हुन् ।

अध्यक्षमा रायमाझी १ सय १८ मतले विजयी भएका हुन । त्यस्तै अध्यक्ष पदका लागि युवाराज तिमिल्सिना र मञ्जु भुषालले पनि उम्मेदवारी दिएका थिए । अध्यक्षका उम्मेदवारहरु प्यानल नै बनाएर निर्वाचनमा लागेका थिए ।

नयाँ कार्यसमितीको प्रथम उपाध्यक्षमा उमाकान्त पंगेनी, द्धितिय उपाध्यक्षमा कृष्ण पन्थी, महासचिवमा त्रिभुवनदत्त मिश्रा, सचिवमा प्रयास खड्का, कोषाध्यक्षमा दमोदर शर्मा, सहसचिवमा रामप्रसाद शर्मा तिवारी,सहकोषाध्यक्षमा उज्जवल पोखरेल निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा निलम श्रेष्ठ, रोशन खनाल, अमृत क्षेत्री, शक्ति घले, प्रकाश गौतम, महिला सदस्यमा सुवर्ण कुंवर, कल्याणकारी कोष संयोजकमा माधव प्रसाद अधिकारी निर्वाचित भएका छन् ।