काठमाडौँ, ११ साउन । सामान्य प्रशासनमन्त्री इन्जिनियर लालबाबु पण्डितले निजामति सेवा ऐन संसोधन गरी कर्मचारीहरुले डिभी, पिआर लिन नपाउने प्रावधान राखेर सर्वत्र प्रशंसाका पात्र बनेका छन् ।
अर्थमन्त्रालयले गाडी खरिदका लागि दिएको एक करोड बजेट खर्च नगरी फर्काउने निर्णयले मन्त्री पण्डितको हाइट अझ बढाएको छ । मन्त्री देशहितका लागि एक पछि अर्को काम गरेर जनताबीच सम्मानित, चर्चित भइरहेका बेला उनका निजी सचिव र स्वकीय सचिवहरुले कर्मचारी सरुवामा आर्थिक संकलन गर्नतिर जुटेको स्रोतको दाबी छ ।
हरेक साउनमा हनुे कर्मचारी सरुवाका लागि मन्त्रीका निजी सचिव होमप्रसाद लुईंटेल र स्वकीय सचिव ओसिस आलमले मन्त्रालयमा आफूले भनेको मान्ने सहसचिव रुपनारायण भट्टराईलाई कर्मचारी प्रशासनमा ल्याएका छन् । भूमिसुधार मन्त्रालय अन्तर्गत विभिन्न मालपोत कार्यालयमा प्रमुख भइसकेका सहसचिव भट्टराई करोडौं रुपैयाँ आर्जन गर्नेमा पर्दछन् ।
मालपोत कार्यालय चावहिलमा कार्यरत हुँदा उनले मुलपानी लगायतका धेरै स्थानका सरकारी जग्गा दर्ता गरी पाँच करोड रुपैयाँभन्दा बढी आर्जन गरेको उनलाई चिन्नेहरु बताउँछन् ।
अति भ्रष्ट छविका सहसचिव भट्टाराईलाई सामान्य प्रशासन मन्त्रालयको कप्रमा ल्याउने काम मन्त्रीका पिए होम लुईंटेलको योजना अनुसार भएको चर्चा छ । लालबाबुको छविमा धब्बा लगाउने गरी भट्टराईलाई कप्रमा ल्याइएकोमा मन्त्रालयका इमान्दा कर्मचारीहरु चिन्तित भएका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया