काठमाडौं, १० साउन । आइसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको उपाधि स्कटल्याण्ड र नेदरल्याण्डले संयुक्त रुपमा जितेका छन् ।
वर्षाका कारण फाइनल खेल रद्द भएपछि स्कटल्याण्ड र नेदरल्याण्ड्स संयुक्त रुपमा विजेता घोषित भएका हुन् । आयरल्याण्डको डब्लिनमा लगातार वर्षा भएपछि टस समेत हुन सकेन ।
लगातारको वर्षापछि म्याच अफिसियलले खेल रद्द भएको घोषणा गरेका छन् । यसअघि २००८ मा पनि नेदरल्याण्ड र आयरल्याण्ड संयुक्त रुपमा विजेता बनेका थिए ।
















प्रतिक्रिया