१ कार्तिक २०८३, शनिबार

सबैभन्दा सानो ‘उफ्रिने मुसा’ चीनमा भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinaउरुम्की (चीन), १० साउन । चीनको उत्तरपश्चिममा अवस्थित सिनजिया युगुर स्वशासित प्रान्तका एक व्यक्तिले विश्वकै सबैभन्दा सानो तीन औंले ‘उफ्रिने मुसो’ भेटेको बताइएका छन् ।

चिनियाँ नागरिक तथा चराविज्ञ चेन वेन्जाइले उक्त तीन औंले मुसोलाई आफ्नो ग्रामीण यात्रामा होटान प्रशासनिक प्रान्तको सडकमा भेटेको दाबी गर्नुभयो ।

सुङ्गुरकोजस्तो मुख र पानीको बोटलको बिर्कोभन्दा सानो शरीर भएको उक्त उफ्रिने स्तनधारी जनावर आफ्नो कारको अघिल्तिर भेटेपछि बोटलभित्र राखेर घरमा लगेको बेन्जाईले बताउनुभयो ।

युआन मुद्राको एउटा डबल बराबर तौल भएको उक्त मुसो प्रायजसो आफ्नो पुच्छरले शरीरलाई बाँधी सुत्न मन पराउने पनि उहाँले बताउनुभयो । “यो दिनमा १७ घण्टाभन्दा बढी सुत्न मन पराउँछ,” बेन्जाइले उसको सुरुका गतिविधि अवलोकनपछि भन्नुभयो ।

तर, सिनजियाङको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसन्धाता जियाङ वेइले यो मुसो नभई मुसोजस्तै देखिने ‘रोडेन्ट’ भएको दाबी गर्नुभयो ।

रोडेन्ट सिनजियाङको दक्षिणमा अवस्थित मरुभूमि वरिपरी पाइने गरेको समेत उहाँले बताउनुभयो । आयु करिब दुई वर्ष हुने यो प्राणी अतिसानो हुने भएकाले शरीरमा जम्मा हुने बोसो पनि यसको पुच्छरमा रहने समेत अनुसन्धाता जियाङले बताउनुभयो । रासस/एएफपी