एजेन्सी । उडिरहेको घरेलु विमानमा आगो लगाउने प्रयास गर्दा दुई जना घाइते भएका छन् ।
चीनको मध्य भागमा उडिरहेको विमानमा आइतबार यात्रुबाटै आगजनीको प्रयास भएको हो । समाचार एजेन्सीका अनुसार घरेलु उडान भरिरहेको विमानमा आगजनी गर्न यात्रुले लाइटर बालिसकेको थिए तर, परिचारिका नजर उनीमाथि परेपछि डेढ सय यात्रुले नयाँ जीवन पाएका छन् । ती यात्रुलाई तत्कालै चालक दलका सदस्यले नियन्त्रणमा लिएका थिए । चालक दलका सदस्य तथा अन्य यात्रु मिलेर ती व्यक्तिलाई नियन्त्रणमा लिँदा दुई यात्रु घाइते समेत भएका छन् ।
ताईझाउबाट दक्षिणी सहर ग्वाङझाउतर्फ जाँदै गरेको विमानमा आइतबार बिहान अचानक एक यात्रीले आगो लगाउने प्रयास गरेका थिए । आगलागीको प्रयास गर्ने व्यक्तिको परिचय खुलाइएको छैन । घटनाबारे प्रहरीले गहिरो अनुसन्धान थालेको छ ।
आगो लाउने प्रयास भएपछि विमानलाई नजिकैको स्थलमा अवतरण समेत गरिएको थियो । चीनमा विमानभित्र लाइटर, सलाईजस्ता ज्वलनशील पदार्थ लैजान निषेध छ । ती व्यक्तिले कसरी विमानभित्र लाइटर लैजान सफल भए भन्नेबारेसमेत प्रहरीले अनुसन्धान थालेको छ ।















प्रतिक्रिया