८ कार्तिक २०८३, आइतबार

छिमेकीको हत्या गर्ने क्रान्तिकारीका केन्द्रीय सदस्य पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist-aakhilलहान, १० साउन । छिमेकीको हत्या गरी फरार रहेको आरोपमा सिरहा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बच्चेलाल सरदारलाई पक्राउ गरेको छ ।

सिरहाको विष्णुपुरकट्टी–७ स्थित सर्रे खोलामा सप्तरी परसवनी–३ निवासी ३८ वर्षीय मुसुकलाल सरदारको हत्या गरी फरार रहेको आरोपमा सरदारलाई डेढ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

सर्रे खोलामा मजदुरी गरिरहेका बेला झगडा परेर मुसुकलालको सोही ठाउँका ३५ वर्षीय बच्चेलाल लगायतका व्यक्तिले घाँटी बटारेर हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । रासस