– सुशिल नेपाल
पाल्पा १० साउन । पाल्पामा विकास निर्माणका लागि आएको मोटो रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा जिल्लामा ४० करोड ६३ लाख ८ हजार ६ सय दुई रुपैयाँ बजेट फ्रिज भएको छ ।
चालुतर्फ ११ करोड ७५ लाख ९३ हजार ९ सय ६२ र पूँजीगततर्फ २८ करोड ८७ लाख १४ हजार ६ सय ४० रुपैयाँ बजेट फ्रिज भएको हो । उक्त आवमा जिल्लामा ३ अर्ब ८९ करोड ३३ लाख ४७ हजार ४ सय ६१ अख्तियारी आएकोमा ३ अर्ब ४८ करोड ७० लाख ३८ हजार ८ सय ५९ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जानकारी दिएको छ ।
चालु र पूँजीगत गरी १० दशमलव ४४ प्रतिशत बजेट फ्रिज भएको कोष नियन्त्रक शिवप्रसाद पन्थीले बताए । उत्तर दक्षिण (कालीगण्डकी) लोकमार्ग आयोजनाको सबैभन्दा बढी १२ करोड ३१ लाख ६६ हजार १ सय ८४ रुपैयाँ बजेट काम नभई फिर्ता भएको उनको भनाइ छ ।















प्रतिक्रिया