४ कार्तिक २०८३, बुधबार

आफ्नो छोरो बचाउन अर्काको छोरालाई यसरी बली दिइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatyaraharu-Nawalparasiकाठमाडौं, १० साउन । ‘सन्तानमध्ये सबैभन्दा राम्रो यही छोरा थियो, पापीले घाँटी रेटेर मार्‍यो’ छोराको तस्वीर देखाउँदै शिवमंगल कोहाँरले शनिबार भक्कानिंदै भने ।

बलिका नाउँमा हत्या गरिएका १० वर्षीय छोरा जीवनको बोलाउने नाउँ सोनी रहेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । शिवमंगलका दुई छोरी र दुई छोरामध्ये सोनी माइला हुन् ।  मजदुर शिवमंगल बुधबा दिउँसो गडक नहरमा जाली बुन्न गएका थिए सदरमुकाम परासीबाट २ किलोमिटर पूर्व कुडियो गाविस ४ का उनी घर आउँदा माइला छोरा जीवनलाई देखेनन् । खेतको काम सकेर घर आउँदै गरेकी पत्नी निर्मलालाई सोधे, ‘सोनी कता गयो ?’ ‘यतै होला,’ निर्मलाले जवाफ दिइन् ।

उनी घरधन्दामा लागिन् । शिवमंगल छोराको खोजीमा लागे । रातीअवेरसम्म पनि नभेटेपछि उनी छोरा हराएकोममा विश्वस्त भए । गाउँमा हल्लाखल्ला भयो ।

भोलिपल्ट बिहान इलाका प्रहरी कार्यालय बेलाटारीमा खोजतलासको निवेदन दिए ।

गाउँले सबै खोजीमा लागे । कोदाई हरिजनबाहेक घटनामा संलग्न अन्य तीन जना गाउँलेसँगै सोनीको खोजीमा लागे ।

शुक्रबार सोनीको शव घर नजिकैको झाडीमा भेटियो घाँटी रेटिएको अवस्थामा ।

कोदाई सोनीलाई खोज्न नगएपछि गाउँलेले उनीमाथि शंका गरे ।

त्यसैका आधारमा प्रहरीले कोदाईसहित अन्य पाँच जनालाई पक्राउ गर्यो ।

त्यसपछि हत्याको रहस्य खुल्यो सोनीलाई तान्त्रिक विद्या सिक्न बलिको नाममा हत्या गरिएको रहेछ ।

कोदाईले आफ्नै छोरा विजयकलाई तान्त्रिक विद्या सिकाउने सोनीको हत्या गरेको खुलेको छ ।