१ कार्तिक २०८३, शनिबार

फेरि गयो ५.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

_70166433_pakistan_2quake_624एजेन्सी । शनिवार पाकिस्तानमा फेरि शक्तिशाली भूकम्प गएको छ ।

पाकिस्तानी मौसम विभागका अनुसार राजधानी इस्लामावादबाट १५ किलोमिटर उत्तरपूर्वमा केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको हो । शनिबार गएको शक्तिशाली भूकम्पमा परी ३ जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् ।

अमेरिकी भौगर्भिक विभागले भने उक्त भूकम्पलाई ५.१ म्याग्नीच्युड मापन गरेको छ । पाकिस्तानमा नेपाली समय अनुसार बिहान ३ः१५ मा गएको भूकम्पको धक्का खैबर पख्तुनऋवा, इस्लामाबाद, रावलपिण्डी लगायतका क्षेत्रमा महसुस गरिएको छ । एक महिना पहिले पनि पाकिस्तानमा भूकम्प गएको थियो ।

यसअघि पाकिस्तानमा असार महिनामा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो । वर्ष २००५ अक्टोबर ८ मा गएको ७.६ रेक्टरको भूकम्पले पाकिस्तानमा ७३ हजार बढी मानिसको मृत्यु भएको थियो । भूकम्पीय जोखिममा पाकिस्तान नेपालभन्दा धेरै अगाडि छ ।