८ कार्तिक २०८३, आइतबार

कञ्चनपुरको दोधारा-चाँदनीमा अचम्मको बच्चा जन्मियो (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baby-kanchanpur

– विनोदबाबु विष्ट

महेन्द्रनगर, ९ साउन । कञ्चनपुरको दोधारा-चाँदनीमा शनिवार एक अचम्मको बच्चा जन्मिएको छ ।

दोधारा-चाँदनी -९ नमुना टोलकी २० वर्षीय सीमा सुनारले शनिबार टाउको भएको बच्चा जन्माएकी हुन् । उनले जन्माएको यो पहिलो सन्तान हो । पहिलो सन्तानमा जन्मिएकी छोरीको शरीरको माथिल्लो भाग असाधारण छ । बिचित्र प्रकारको टाउको भएको छोरी जन्मिएपछि उनलाई हेर्नेको भीड लागेको छ ।

हिजो बिहान सुत्केरी ब्यथा लागेकी सीमा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी पुगेकी थिईन् । प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति हुन नसकेपछि उनलाई सीमावर्ती भारतीय सहरको एक निजी अस्पताल गायत्रीमा लगिएको थियो । गायत्री अस्पताल पुगेको केही घण्टामा उनले सामान्य तरिकाबाट बच्चालाई जन्म दिएकी थिईन् ।

Baby-kanchanpur-1घाटी भन्दा तलको भागको शिशुको शारीरिक बनोट सामान्य रहेपनि टाउको बिचित्र रहेको छ । बच्चाको निधार नभएको, टाउकोमा ठूला-ठूला मासुको डल्ला, एक आँखा जनावर जस्तो र अर्को आँखा थच्चिएको रहेको छ ।

सीमाका अनुसार आज बिहान मात्रै नानीले दुध खाएकी छिन् । अरु नवजात शिशु सरह नै उनको बालपनको क्रियाकलाप रहेको स्थानियहरुले बताएका छन् । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।