काठमाडौं, ९ साउन । युवा युवतीबीच भइरहेको शारीरिक सम्पर्कको गोप्य रुपमा भिडियो बनाएर चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुक र मोवाईल फोनमार्फत केटीसाथीलाई चरम यातना दिने हुम्ला सिमीकोट गाविस-३ बस्ने २८ वर्षीय घमन रोकाया भन्ने गमान रोकायालाई महानगरीय अपराध महाशाखाले साउन ६ गते हुम्लाबाट पक्राउ गरेको हो ।
केटी साथीको बिभिन्न अश्लील फोटोहरु तथा भिडियो अपलोड गरी पीडितका आफन्त तथा साथीहरुलाई पठाउनुको साथै धम्कीपुर्ण म्यासेज समेत पठाई यौनकार्यको लागि पटकपटक डरत्रास देखाई मानसिक यातना दिई चरित्रमा आँच आउने कार्यमा संलग्न रोकायालाई महाशाखाले सो कार्यमा प्रयोग भएका ल्यापटप १ थान, मोवाईल १ थान, सिमकार्ड १ थान र मेमरीकार्ड २ थानसहित पक्राउ गरेको हो ।
रोकायालाई काठमाडौं ल्याई प्रारम्भिक अनुसन्धान पश्चात बिद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान र कारवाहीको लागि महाशाखाले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ ।















प्रतिक्रिया