काठमाडौं, ९ साउन । सरकारले सुन, चाँदी वा जवाहिरात तस्करीको सूचना दिने समूहलाई दिइने सुराकी पुरस्कारको सीमा तोकेको छ ।
सुराकी दिने व्यक्तिले त्यस्तो मालवस्तु लिलाम वा बिक्रीबाट प्राप्त भएको रकमको १० प्रतिशत वा ५ लाख रुपैयाँमध्ये जुन घटी हसन्छ सोही पुरस्कार पानेछन् ।
भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना सुरकी पुरस्कारमा समस्या देखिएपछि व्यवस्थित गर्न सीमा तोकिएको बताए ।
‘सुराकीका संख्या पनि बढि हुने र उनीहरुले पाउने रकम पनि निश्चित थिएन,’ उनले भने, ‘अहिले यसलाई व्यवस्थित गर्न पुरस्कारको रकम प्रतिव्यक्ति ५० हजार रुपेयाँभन्दा बढी नहुने व्यवस्था गरिएको छ ।’ नयाँ पत्रिकामा खबर छ ।















प्रतिक्रिया