४ कार्तिक २०८३, बुधबार

एसपीलाई कुट्न खोज्ने एमाओवादी नेता प्रहरी खोरमा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shiwachandra_kushwaha_18247काठमाडौं, ९ साउन । जग्गासम्बन्धी विवादबारे छलफल गर्न प्रहरी कार्यलयमा बोलाइएका सद्‍भावना पार्टी बाराका नेता तथा पूर्वसभासद् शिवचन्द्र कुशवाहले प्रहरी उपरीक्षक (एसपी) लाई हात हाल्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वाराको महागढीमाइ नगरको वरियापुरमा ऐंलानी जग्गामा बसोबास गर्दै आएका १२ घरधुरीलाई जबरजस्ती हटाएको विवादसम्बन्धमा छलफल गर्न प्रहरीले दुवै पक्षलाई बोलाइएको थियो।जिल्ला प्रहरी कार्यलयमा छलफल भइरहेको अवस्थामा शिवचन्द्रले एसपी लोकेन्द्र बहादुर मल्लमाथि नै हातपातको प्रयास गरेर दुव्र्यवहार गरेपछि उनलाई तत्कालै हतकडी लगाएर थुनामा राखिएको छ।एसपी मल्लले छलफलकै क्रममा उनले हातपातको प्रयास र दुव्र्यवहार गरेपछि थुनामा राखिएको बताए।

सभासद् हुँदा उनले बरियापुरको उक्त ऐंलानी जग्गा आफ्नो नाममा दर्ता गराएर अहिले त्यहाँ बस्नेहरुलाई जबरजस्ती उठाउन खाजेपछि विवाद भएको हो। स्थानीयले बर्षौदेखि आफूहरु त्यही जग्गामा भोगचलन गर्दै आएको बताउँदै उनीहरु त्यहाँबाट हट्न मानेका छैनन्। त्यही विवादमा केही दिनअघि बरियारपुरमा गोली चलेको थियो । गोली चलाउने समूहको नेतृत्व उनले गरेको आरोप स्थानीयले लगाएका थिए।अन्नपूर्ण पोष्टमा समाचार छ ।