४ कार्तिक २०८३, बुधबार

एमालेले कडकिएर भन्यो, ‘धर्मनिरपेक्षता हुँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, ९ साउन । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल संविधानमा ‘धर्मनिरपेक्षताु हटाएर धार्मिक स्वतन्त्रता राख्ने विषयमा एकमत देखिएका छन्। संविधानको प्रारम्भिक मस्यौदामा देशभरिबाट आएका सुझावलाई आधार मानेर उनीहरू यस्तो निष्कर्षमा पुगेका हुन् ।

ओली र नेपाल दुवैले धर्मनिरपेक्षता शब्दको व्याख्या गलत भएकाले त्यसलाई हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने बताएका हुन्।

पछिल्लोपल्ट पार्टीका विभिन्न विषयमा दुई नेताबीच विवाद भए पनि यस विषयमा दुवै एक देखिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘धर्मनिरपेक्षता शब्द राख्दा धर्म परिवर्तनले प्रश्रय पाउँछ कि भन्ने आशंका प्रकट भएको छ। नेपाली जनताका यी सबै अशंकालाई समेटेर जानुपर्छ। यो हाम्रो पार्टीभित्र पनि छलफलको विषय बन्छ। सबै धर्मका मानिसको चिन्ता र चासोलाई समेटेर संविधान आउनुपर्छ’, नेपालले भने।