काठमाडौं, ९ साउन । नेपालमा ४६ सालपछिको २४ वर्षमा प्रधानमन्त्री बन्नकै लागि अनेकौ हर्कत गरिएका दृष्टान्तहरु छन् ।
होटलमा सभासद्लाई जम्मा गरेर ब्लू फिल्म देखाएको चर्चासमेत चल्यो ।
विपक्षमा भोट दिने आशंकामा सांसदलाई विदेश घुम्न पठाइयो ।
पैसाले भरिएको सुटकेस बोकेर नेताहरु संसाद किन्न हिँडे । दल र देशको हितभन्दा पद प्यारो भयो, दलहरु विभाजित भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
८ सिट भएका लोकेन्द्रबहादुर चन्द र ८८ सिट भएको एमालेको समर्थनमा प्रधानमन्त्री भए, ११ सिट भएका सूर्यबहादुर थापा ८३ सिट भएकोकांग्रेसको समर्थनमा प्रधानमन्त्री भए ।
राजनीति यति घिनलाग्यो भयो, जनप्रतिनिधिलाई राजाले अपदस्त गर्दा पनि जनता तत्काल प्रतिवादमा उत्रिएनन् । बरु राजा सक्रिय भए ।
गणतन्त्रपछि पनि दलहरुले चेतेनन्, तत्कालीन तेस्रो दल एमालेले दुईवटा प्रधानमन्त्री पायो । पहिलो र दोस्रो दल पालैपालो प्रतिपक्षमा बसे ।















प्रतिक्रिया