३० आश्विन २०८३, शुक्रबार

सुनको भाउ फेरि घट्यो, तोलामा ८ रुपैयाँ कम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौँ, ८ साउन । नेपाली बजारमा सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा आज प्रतितोला रु ८०० ले कमी आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै जाने क्रमले निरन्तरता पाएसँगै अहिले नेपाली बजारमा त्यसको प्रभाव परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाला सुनको मूल्य आज रु ४७ हजार २०० कायम भई कारोबार भएको जनाएको छ । सोको मूल्य अघिल्लो दिन रु ४८ हजार थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य रु ४७ हजार ७५० बाट घटेर आज रु ४६ हजार ९५० कायम भएको छ । महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले युरोपमा सेयर बजार बलियो भएपछि त्यहाँका महाजनले सुनमा लगानी घटाएका कारण सुनको मूल्य घटेको र बजेट भाषणमा एक किलो सुन आयात गर्दा रु एक लाख राजस्व कम गरिएका कारण मूल्य अझै घट्न गई उपभोक्तालाई लाभ पुग्ने बताउनुभयो ।

नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्नु, युरो क्षेत्रमा ग्रिसको मन्दी, संयुक्त राज्य अमेरिकाको फेडरल बैंकले ब्याजदर बढाएका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएको बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावले अहिले नेपाली बजारमा उपभोक्ताको आकर्षण देखिएको छ । गत आइतबारसम्म रु ४९ हजार ५०० मा कारोबार भएको सुन बुधबार र बिहीबार रु ४८ हजारमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार शुभसाइत तथा विवाह, व्रतबन्धका लगनमा दैनिक २५ किलो सुनको कारोबार हुने गर्छ । रासस