४ कार्तिक २०८३, बुधबार

कता वेपत्ता भए यी १ सय ६० नागरिक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vukampaकाठमाडौं, ८ साउन । १२ र २९ वैशाखको भूकम्पमा हराएकामध्ये एक सय ६० जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार एक सय ३८ नेपाली र २२ जना विदेशी बेपत्ता छन् ।

भूकम्पका वेला काठमाडौंसहित रसुवा, गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट र धादिङमा हराएकाहरू नभेटिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

धेरैजसो रसुवा, गोरखा र सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा बेपत्ता भएका छन् । काठमाडौंबाट मात्र २७ जना बेपत्ता छन् ।

नेपाल प्रहरीका अनुसार काठमाडौंबाट हराउनेमा फुलकुमारी गिरी, शिवराज विक, प्रवीण काफ्ले, केशबहादुर मगर, शंकर चौधरी, सरस्वती बगाले, इन्दिरा बगाले, अनिल पोदार, रामकुमार लामिछाने, नेत्रकुमार थामी, हरेराम यादव छन् ।

त्यस्तै, केदार मगर, मोहनलाल सनई, विदुर भण्डारी, रविन बिजेश्वरी, भुवन पटेल, राजन मगर, डम्बरबहादुर खड्का, रत्नप्रसाद लामिछाने, सहदेव पन्त, भरतलाल जोशी, अर्जुनजंग राणा, प्रशान्त श्रेष्ठ, सुरेश ख्याती, सुमन तामाङ, प्रकाश पन्त र विशेष श्रेष्ठ पनि काठमाडौंबाटै भूकम्पमा हराएका हुन् ।

सिन्धुपाल्चोकमा हराउनेहरू पासाङ छोरी शेर्पा, हिरामाया गुरुङ, नरबहादुर तामाङ, जयराज कार्की, भूपेन्द्र भुसाल, सुनील ठाकुर छन् । त्यस्तै, रसुवामा मात्र एक सय पाँचजना अझै हराइरहेको रसुवाका प्रहरी प्रमुख डिएसपी प्रवीण पोखरेलले बताए ।

रसुवामा हराउनेमा २२ जना विदेशी छन् । अझै बेपत्ता रहेकामा दावा शेर्पा, जुम्रे शेर्पा, डोल्मा शेर्पा, मनिकुमार राई, वीरबहादुर तामाङ, भीमसेन बञ्जारा, काडी शेर्पा, लक्की शेर्पा, मिङमा शेर्पा, धर्मराज तिमल्सिना, गोकुल तिमल्सिना र सिगे लामा छन् ।

त्यस्तै, दिनेश भट्टराई, कृष्णप्रसाद उमागाईं, प्रेम गिरी, ख्यालबहादुर आचार्य, सुरेश ओली, वीरबहादुर खड्का, निरबहादुर लामा, निमा शेर्पा, छोरी शेर्पा, छिरिङ शेर्पा, फुर्बा शेर्पा, लाक्पा शेर्पा, आङकाजी शेर्पा, तेम्ब शेर्पा, उर्छेनतोप शेर्पा र उर्केन शेर्पा पनि रसुवामा हराएकोमा तीन महिना हुन लाग्दासमेत भेटिएका छैनन् ।