४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति डा.यादवले किन पटक–पटक विधि र प्रक्रियाको पाठ सिकाउँछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambaran-prachandaकाठमाडौं, ८ साउन । सभाध्यक्ष सुवास नेम्बाङले संविधान जारी गर्ने नयाँ मिति साउन मसान्त प्रस्तावित गरे पनि राष्ट्रपति डा रामवरण यादवले हतार नगरी विधि र प्रक्रियासम्मत तरिकाबाट संविधान लेखनमा लाग्न आग्रह गरेका छन्।

असन्तुष्ट मधेसी नेताहरूलाई आफ्नै निवासमा बोलाएर भेटवार्ता गरेर बिहीबार शीतल निवास पुगेका प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति यादवले विधि र प्रक्रियाबारे स्मरण गराएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘छिटो संविधान बन्न’ राम्रो हो तर विधि र प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हो’, राष्ट्रपति यादवलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, ‘संविधानसभामा जनता, राजनीतिक दल र सभासद्ले दिएका सुझाव गहन र मिहिन रूपमा छलफल होस्। संविधानमा सबै पक्षले अपनत्व महसुस गरून्।’

सबै खालका विचार, समर्थन, विरोध, सन्तुष्टि, असन्तुष्टिको संविधानसभामा उचित सुनुवाइ होस् भन्ने चाहना राष्ट्रपति यादवले व्यक्त गरेको सल्लाहकार दाहालले बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान निर्माणमा असन्तुष्टिको बिउ रहन नदिन सल्लाह दिएलगत्तै दाहालले छोटो प्रक्रियाबाट संविधान जारी गर्न अग्रसर सहकर्मी कांग्रेस/एमाले र संविधानको मस्यौदामाथिको जनमत संकलनलाई बहिष्कार र अवरोध गर्दै आएका मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गरेपछि राष्ट्रपति यादवसँग भेटवार्ता गरेका हुन्।