४ कार्तिक २०८३, बुधबार

मुस्कुराउँदै हिमानीले भनिन्, ‘जनताले चाहे संवैधानिक राजतन्त्र’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himaniकाठमाडौं, ८ साउन । पूर्वयुवराज्ञी हिमानी शाहले पनि नयाँ संविधानमा जनताले दिएको सुझावलाई समेटिनुपर्ने बताएकी छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेकी हिमानीले राजनीतिक विषयमा नबोल्ने बताइरहँदा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति जस्तै उनले नयाँ संविधानमा जनताले दिएको सुझावको भावना समेटियोस् भन्ने इच्छा देखाएको समाचार सौर्य दैनिकले छापेको छ ।

यद्यपि, हिन्दु राज्य बनाउन बहुमतको सुझाव आए त्यसलाई पनि समेटिनुपर्ने उनको भावार्थ थियो ।

हिमानी ट्रस्टकी अध्यक्ष शाहले ट्रस्टको कार्यलयमा गरिएको पत्रकार सम्मेलनमा हिमानीले कुनै औपचारिक नभएर अनौपचारिक भेटघाट र परिचय गर्दै प्रत्यक्ष पत्रकारको कुरा सुन्ने इच्छा रहेको बताएकी थिइन् । ‘केही त्रुटिहरू छन् भने तिनलाई सुधार्नु पर्छ, सामाजिक कुरा गरौँ ।’

संवैधानिक राजतन्त्रका बारेमा बजारमा भएका हल्लाबारे के भन्नुहुन्छ रु भन्ने प्रश्नमा शाहले भनिन्, ‘जनताको चाहना हो भने हुनुपर्छ ।’ त्यसपछि उनी मुस्कुराइन् ।

पत्रकारहरूले ट्रस्टले सामाजिक क्षेत्रमा गरेका काम र आगामी योजनाबारे प्रश्न गरेका थिए ।

आगामी दिनमा ट्रस्टले स्रोतसाधनले भ्याएसम्म सामाजिक काम गर्ने शाहले बताइन् ।

संस्थाको उद्देश्य महिला, बालबालिका र असहायका लागि काम गर्ने रहेको हिमानीले बताइन् । तर, भूकम्पपछि कामको क्षेत्र फेरिएको उनले थपिन् ।