काठमाडौं, ७ साउन । आफै काम गर्ने उद्येगमा चोरी गर्ने एक युवक प्रहरी फन्दामा परेका छन् ।
आफू काम गर्ने ग्रिल उद्योगबाट चोरी गरी भागेका पर्सा विरगन्ज घर भएका अनिल ठाकुर र निसान भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कमलपोखरी कुमारी हलसंगैको न्यू कटुवाल ग्रिल उद्योगमा १ महिना पहिले देखि काम गर्दै आएका उनीहरुले डिल मेसिन २ थान, वन्डिङ मेसिन ३ थान र ग्रयाण्डर १ थान चोरी गरी भागेको खबर प्राप्त हुना साथ खटीएको प्रहरी टोलीले विहिबार बल्खुबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया