– अनिल खत्री
गुल्मी, ७ साउन । विगतका वर्षहरुको तुलनामा गत आर्थिक वर्ष २०७१/०७२ को चालु खर्च वार्षिक विवरण अनुसार जिल्ला विकास समिति गुल्मीमा बिकासका कार्यक्रमहरुमा सुधार देखा परेका छन् ।
वर्षेनी एक करोड भन्दा बढि रकम खर्च हुन नसकी राज्य कोषमा फिर्ता जाने गरेकोमा गएको आर्थिक वर्षमा कम रकम मात्र फिर्ता हुने भएको छ ।
गएको आर्थिक वर्षमा कुल ६८ करोड ८७ लाख ७६ हजार ७६ हजार ५ सय ६१ विनियोति रकम मध्ये जम्मा ६७ करोड ४२ लाख ५० हजार ८ सय ६१ रुपैयाँ निकासी भएको स्थानिय विकास अधिकारी डिलाराम पन्थीले बिहिवार पत्रकार सम्मेलन गरी जानकारी दिए । रकम मध्ये ६७ करोड १८ लाख ५२ हजार ८ सय १८ रुपैयाँको काम सम्पन्न भएको र ७१ लाख ३९ हजार ६ सय ४० खर्च रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको स्थानिय बिकास अधिकारी पन्थीले बताए । विगतका वर्षहरुको तुलनामा यो फ्रिज रकम धेरै कम हो ।
वार्षिक खर्च विवरण अनुसार गएको आर्थिक वर्षमा सवै भन्दा बढि रकम सामाजिक सुरक्षा भत्तामा फ्रिज गएको छ । त्यस शिर्षकमा ३४ लाख ८७ हजार ८ सय ६० रुपैयाँ फ्रिज गएको छ । त्यस पछि दोश्रो ठुलो रकम स्थानिय स्तरका सडक, पुल तथा सामुदायिक कार्यमा खर्च गर्नु पर्ने रकम फ्रिज गएको छ । त्यस शिर्षकमा २१ लख ४३ हजार ७ सय ७९ रुपैयाँ फ्रिज गएको छ । त्यस पछि स्थानिय शासन सामुदायिक विकास कार्यक्रमको ५ लाख ९२ हजार ४ सय १ रुपैयाँ पनि फ्रिज गएको छ । साना सिंचाई नदि नियन्त्रण र अन्य पुर्वधारको ५ लाख ५३ हजार , ६३ रुपैया पनि फ्रिज भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट परेको रकम मध्ये १ लाख ६३ हजार ७ सय ८१ रुपैयाँ फ्रिज गएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको १ लाख ६७ हजार १ सय ४ रुपैयाँ पनि फ्रिज गएको छ । राष्ट्रिय विकास स्वयमसेवक कार्यक्रमको ६९ हजार रुपैयाँ पनि फ्रिज भएको छ । स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमको जम्मा ३ सय ५२ रुपैयाँ फ्रिज भएको छ ।
यसरी गत आर्थिक वर्षको निकासी रकम मध्ये कुल खर्च ९७.५४ प्रतिशत भएको छ । विगतका वर्षहरुको तुलनामा यो राम्रो संकेत भएको पन्थीले बताए । गत आर्थिक वर्षमा मात्रै जिल्ला विकास समितिले तिन वटा मुख्य अभियान सम्पन्न ग¥यो । खुल्ला दिसामुक्त जिल्ला घोषण, पुर्ण साक्षर जिल्ला र पुर्ण खोप जिल्लाा घोषण गरेको छ ।
जिल्लाका चार वटा मुख्य यि अभियान मध्ये अव घर भित्रको धुँवा रहित जिल्ला घोषणा गर्न बाँकी छ र त्यो पनि एक नगरपालिका र ७५ गाविस मध्ये ४९ वटा गाविसमा काम सम्पन्न भई सकेको स्थानिय विकास अधिकारी पन्थीले जानकारी दिए ।















प्रतिक्रिया