८ कार्तिक २०८३, आइतबार

पुष्पलाल स्मृति दिवसमा युवा संघको रक्तदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

blood1काठमाडौं, ७ साउन । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवसका अवसरमा युवा संघ नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि समेत रहेका स्वास्थ्यमन्त्री खगराज अधिकारीले रक्तदान गरी उद्घाटन गरेका थिए ।

कार्यक्रमा युवा संघकी अध्यक्ष निरुदेवी पाल, महासचिव राजीव पहारी, उपाध्यक्षहरु, सचिव अशोक चन्दले रक्तदान गरेका थिए । ३७ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर भएको रक्तदानमा १३० पिन्ट (१३० जनाले) रक्तदान गरेका छन् ।

‘पुष्पलालको योगदानलाई स्मरण गर्ने एकपटक रक्तदान गरौं’ भन्ने मुलनाराका साथ भएको उक्त कार्यक्रममा युवाहरुको उल्लेख्य उपस्थिति थियो ।

blood3