काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले विहीबार आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले यसवर्ष पूँजीगत आधार सुदृढ गर्ने वित्तीय क्षेत्रको विकास तथा विस्तार गर्ने नीति लिएको बताउनुभयो ।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि महगीसँगै खाद्यान्नको मूल्य बढेको उहाँले बताउनुभयो । मुद्रास्फीति ७ दशमलव ५ प्रतिशतको हाराहारीमा रहेको भन्दै जेठमा महिनामा खाद्यान्नको मूल्यवृद्धि ९ दशमलव ५ प्रतिशतले बढेको गभर्नर नेपालले जानकारी दिनुभयो ।
उनका अनुसार चामल, दाल, मासु, घ्यू, दुध, दही लगायतका खाद्य सामग्रीको मूल्य बढेको हो । अबको नयाँ नीतिले खाद्यान्नको मूल्य समायोजन तथा कृषि सामग्री उत्पादनमा जोड दिने उहाँको भनाई छ ।















प्रतिक्रिया