८ कार्तिक २०८३, आइतबार

शौच गर्न घरबाट निस्केकी १४ वर्षीय बालिकाको उखुबारीमै बलात्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-womenरौतहट, ७ साउन । रौतहटमा एक बालिको बलात्कारको सिकार बनेकी छिन् ।

शौच गर्न घरबाट निस्केकी रौतहटको विश्रामपुर ९ की एक १४ वर्षीया बालिकालाई घर नजिकैको उखुबारीमा गाउँकै युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित परिवारले गत मंगलवार घर नजिकैको उखु बारीमा शौच गर्न गएकी छोरीलाई स्थानीय १६ बर्षीय मनोज रामले बलात्कार गरेको आरोपसहित प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

उखुबारीमा शौच गरिरहेका बेला पछाडीबाट मुख थुनेर जबरजस्ती शारीरिक सम्बन्ध राखेको पीडित परिवारको आरोप छ । घटनापछि आरोपी युवक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।