८ कार्तिक २०८३, आइतबार

देवीको मूर्ति चोरी गर्दा ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deviबर्दिया, ७ साउन । कालीकोटबाट भगवानको मूर्ति चोरेर भारत लैजादा एक जनाको बाटोमै मृत्यु भएको छ ।

पाँच जनाको समुहमा मूर्ति चोरी गरी भारत गइरहेका बेला कालीकोट जिल्ला चिलखाय गाविसका २७ वर्षीय खड्कबहादुर शाहीको सीमावर्ती क्षेत्र मृगिया मजगाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत असार २७ गते कालीकोट जिल्लाको पाखा गाविस वडा नं ८ र ९ को सिमानामा पर्ने कालिकादेवी मन्दिरबाट शाहीसहित अन्य पाँच जनाले मिलेर तीनवटा ढुङ्गाका मूर्ति चोरेका थिए । बाँकी चार जनालाई भारतीय प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दा यस्तो तथ्य सार्वजनिक भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभयो ।