८ कार्तिक २०८३, आइतबार

मन्दिरका देवतालाई बाहिर निकालियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goadललितपुर, ७ साउन । लामो समयदेखि रोकिएको रातो मच्छिन्द्रनाथको रथजात्रा सञ्चालन गर्नका लागि रथको पुनःनिर्माण गर्न रथारोहण गरिसकेका देवतालाई रथबाट आज निकालिएको छ ।

भूकम्पकाकारण करिब तीन महिनादेखि मच्छिन्द्रनाथको बाह्रबर्षे रथजात्रा स्थगित भएको थियो ।

गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार रथजात्रा सञ्चालनका लागि आज बिहान ज्योतिषी कीर्तिकिरण जोशीले निकाल्नुभएको साइतअनुसार ३१ पनेजुहरुको समूहले जात्राका लागि रथारोहण गरिसकेका देवतालाई निकालेका हुन् ।

भूकम्पले गर्दा रथको केही भागमा क्षति पुगेकाले निर्माणका लागि देवतालाई निकालिएको हो । देवतालाई रथारोहण गरिसकेपछि कुनै कारण निकाल्नुपरेमा ज्योतिषीलाई साइत हेराई निकाल्ने प्रचलन रहिआएको छ ।

बिहान देवतालाई रथबाट निकालियो भने बेलुकीसम्ममा रथको सबैभन्दा माथि राखिएको गजुर पनि निकालिने अधिकारीको भनाइ रहेको छ ।

क्षति भएका सामग्री निकालिसकेपछि पुनःनिर्माणको काम सुरु हुनेछ । क्षति भएका सामग्री निकाल्नमात्रै एक हप्ताको समयावधि लाग्ने बताइएको छ । रथ निर्माण गरिएको स्थान बुङ्मतीमा गत वैशाख ६ गते रथारोहण गरी ९ गतेदेखि रथजात्रा सुरु गरिएको थियो ।

यस वर्ष विशेष मेला भएकाले रथको सबै भागको निर्माणको काम नयाँ गरिएको थियो । हाल रथ ललितपुरको छ्यासीकोटमा रहेको छ । रासस