८ कार्तिक २०८३, आइतबार

यस्तो देखियो प्रचारप्रसारले दर्शन नपाएको सत्तीको शिवलिंग (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siba-lingi-mandir

धनगढी, ७ साउन । कैलालीको नारायणपुर गाविस वडा नम्बर ८ सत्तीस्थित पद्मप्रकाशेश्वर महादेव मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

पद्मप्रकाशेश्वर महादेवमा रहेको शिवलिङ्गको दिशा प्रायः शिवलिङ्गभन्दा पृथक रहेको छ । प्रायः शिवलिङ्गको मुख उत्तर दिशातिर फर्किएका हुन्छन्, तर प्रकाशेश्वर महादेव मन्दिरमा रहेको शिवलिङ्ग पूर्वपट्टी फर्किएको छ ।

स्थानीयहरूका अनुसार प्रकाशेश्वर मन्दिर निकै पुरानो मानिन्छ । यसको जिर्णोद्वार भएको मात्रै एक सय सात पुगेको छ । प्राध्यापक डाक्टर राजाराम सुवेदीद्वारा लिखित एक लेखमा यो मन्दिरको विक्रम सम्वत १९६५ सालमा जिर्णोद्वार भएको उल्लेख छ ।

मन्दिरमा प्रयोग भएकामध्ये भेटिएका एउटा इटामा १९४० साल लखिएको पाइएको छ । टीकापुरको वसन्तामा रहेको धुलिकोटे राजा नरेन्द्रबिक्रम सिंहरायको दरबारमा पनि मन्दिरमा प्रयोग भएका जस्तै इटा पाइएको छ । प्राप्त इटालाई आधार मान्ने हो भने मन्दिरको एक सय ३२ वर्षअघि जिर्णोद्वार भएको पुष्टि हुने स्थानीयको तर्क छ ।

Siba-lingi-mandir-1बुढापाकाको भनाई उधृत गर्दै स्थानीयहरूले करिब एक शताब्दी अघिसम्म भारतबाट मानसरोवर दर्शनका लागि आउने तीर्थालुहरू सत्तीको प्रकाशेश्वर मन्दिरमा पूजाआजा गरेर मात्रै यात्रामा निस्कन्थे ।

पछि सडक यातायात विस्तार भएपछि मानसरोवरसम्मको पैदल यात्रा बन्द भएकोले पद्मप्रकाशेश्वर मन्दिरमा भक्तजनको आगमन पनि बन्द भएको स्थानीयको दाबी छ ।

मन्दिर संरक्षण समितिका अध्यक्ष विदूर कायस्थले यो मन्दिरका बारेमा प्रचारप्रसारको निकै कमी रहेकोले पनि ओझेलमा परेको वताउनुभयो ।
यो मन्दिरको नाम पहिले प्रकाशेश्वर महादेव रहेकोमा १९६७ सालमा धुलिकोटे राजाकी रानी पद्मकुमारीले मन्दिर महोत्सव गरेपछि यसको नाम पद्मप्रकाशेश्वर रहन गएको किंवदन्ती छ ।

यो मन्दिरमा जगतगुरु शंकराचार्य माधवआश्रमजी महाराजले समेत भ्रमण गरेको अध्यक्ष कायस्थले बताए । शंकराचार्य माधवाश्रमजी महाराज २०६८ साल फागुनमा पद्मप्रकाशेश्वर मन्दिरमा आउनुभएको थियो अध्यक्ष कायस्थले शंकराचार्यको भनाई उधृत गर्दै भन्नुभयो– यो मन्दिरमा रहेको शिवलिङ्ग वास्तवमै उद्भूत छ । यो मन्दिरको प्रांगणमा रहेको दत्तात्रेयको मूर्ति पनि दुर्लभ रहेको एक जना स्वीस पुरातत्वविद्ले चर्चा गरेको उहाँले वताउनुभयो ।

कैलालीमा पुरातत्व विभागबाट मर्मतसम्भार खर्चवापत वार्षिक १० हजार रुपैयाँ पाउने पद्मप्रकाशेश्वर मन्दिर मात्र रहेको छ । पुरातत्व विभागले मालपोत कार्यालयमार्फत सो मन्दिरलाई रकम दिदै आएको छ ।

सभासद गरिमा शाह सो मन्दिरको प्रचारप्रसार गर्न सकिए आन्तरिक र वाह्य धर्मालम्वी तथा पर्यटक आउन सक्ने बताउनुभयो । शुक्रबार मन्दिर अवलोकनका लागि गएकी सभासद् शाहले स्थानीयहरूसंगको अन्तक्र्रियामा आफूले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र पुरातत्व विभागमा यसको संरक्षण, सम्र्वद्धन र प्रचारप्रसारका लागि काम गर्न आग्रह गरेको बताउनुभयो ।

मन्दिर अवलोकन भ्रमणमा गएका पर्यटन मन्त्रालयका सहसचिव राजेन्द्र सिग्देलले मन्दिरको प्रचारप्रसार गर्नका लागि सबैभन्दा पहिले खोजअन्वेषण आवश्यक भएको बताउनुभयो ।

Siba-lingi-mandir