८ कार्तिक २०८३, आइतबार

मानव बेचबिखन रोक्न बनबासा बसपार्क र रेल्वेस्टेशनमा संयुक्त चेकजाँच

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

banbasaमहेन्द्रनगर, ७ साउन । विनाशकारी भूकम्पपछि बढेको मानव बेचविखन रोक्न नेपाल भारतका अधिकारीले सीमा सहरमा संयुक्त चेकजाँच सुरु गरेका छन् ।

भूकम्पको मौकामा रोजगारीको प्रलोभन देखाएर नेपाली चेलीहरुलाई सीमा कटाउन दलालहरु सक्रिय रहेको भन्दै बेचविखनविरुद्ध कार्यरत संस्था माईती नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)ल भारतको बनबासा बसपार्क र रेल्वेस्टेशनमा संयुक्त चेकजाँच सुरु गरेका हुन् ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भूकम्प प्रभावित जिल्लाका महिला तथा बालबालिकाहरु बेचविखनको उच्च जोखिममा परेको भन्दै बेचविखन रोक्न सीमा सहर बनबासामा हप्ता हप्तामा संयुक्त रुपमा चेकजाँच गरिने जानकारी दिनुभयो ।