८ कार्तिक २०८३, आइतबार

चितवनको पिप्लेबाट बन्दुकसहित दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatiyarरत्ननगर (चितवन), ७ साउन । चितवनको पिप्लेबाट तीननाल भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आपराधिक क्रियाकलाप सञ्चालन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले खोजी गर्दै जाँदा उनीहरुलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । उनीहरुको परिचय भने खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरुको अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले आज जानकारी दिनुभयो ।

सो क्षेत्र र मकवानपुरको सिमानामा गाँजा र चरेशको तस्करी हुने गरेकाले सोही प्रयोजनका लागि हतियार बोकेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

केही महिनाअघि सोही क्षेत्रमा गाँजा तस्कर र प्रहरीको गोली हानाहान हुँदा प्रहरीको गोली लागि एकजनाको ज्यान गएको थियो । रासस