जाजरकोट, ७ साउन । भीरबाट लडेर बुधबार साँझ यहाँ एक जनाको मृत्यु भएको छ ।
घाँस काट्न गएका मजकोट–६ कार्कीगाउँका ४९ वर्षीय धनबहादुर कार्कीको मृत्यु भएको हो । दैलेख र जाजरकोटको सिमानामा पर्ने असल गैरा भन्ने ठाउँमा उनको मृत्यु भएको स्थानीयवासी दीपकजङ्ग शाहीले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया