४ कार्तिक २०८३, बुधबार

यस कारण ताम्सालिङ प्रदेश उनीहरूकै रोजाइ र चाहनामा परेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tamsaling Taruniकाठमाडौं, ७ साउन । ५५ प्रतिशतभन्दा बढी तामाङ समुदायको बसोबास रहेको सिन्धुपाल्चोकमा ‘ताम्सालिङ प्रदेश’ उनीहरुकै रोजाइ र चाहनामा परेन।

अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना समितिले सिन्धुपाल्चोकलाई ‘ताम्सालिङ प्रदेश’को राजधानी प्रस्ताव गरेको भए पनि संविधानको पहिलो मस्यौदामाथि सुझाव संकलनका क्रममा यस विषयमा राय नै परेन भन्दा पनि हुन्छ।

निकै कमले जिल्लालाई ताम्सालिङ प्रदेशमा समेट्न सुझाव दिए पनि अधिकांश तामाङले नै यसलाई उतिसारो चासो नदिएको समाचार नागरिक दैनिकले छापेको छ ।

जिल्लाको तीन निर्वाचन क्षेत्रको ६ स्थानमा मस्यौदामाथि सुझाव संकलन गरिएपनि ताम्सालिङ प्रस्ताव गर्ने हातका औंलामा सिमित थिए।

ताम्सालिङप्रति तामाङ समुदायकै बेवास्ताबाटले निष्किर्ष दिएको छ, ‘आखिर नाममा के छ र जे छ सारमा छ।’

राज्य पुनःसंरचना समितिले सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, रसुवासहितका नौ जिल्लालाई समेटेर ताम्सालिङ प्रदेश र चौतारालाई प्रदेश राजधानी बनाउन प्रस्ताव गरेको थियो।

एकीकृत माओवादीले पनि सिन्धुपाल्चोकलाई ताम्सालिङ प्रदेशको राजधानी मान्दै आएको छ।

पछिल्लो जनगणनाअनुसार जिल्लाको जनसंख्या २ लाख ७० हजार रहेकोमा तामाङलगायत जनजाति हिस्सा मात्रै ६० प्रतिशतको हाराहारीमा छ।