३० आश्विन २०८३, शुक्रबार

रिलायबल रेमिटको कन्ट्री डेभलपमेन्ट बैंक र रिलायन्स लोटस फाइनान्ससंग सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Combine-bank

काठमाडौं, ६ साउन । सेवा विस्तारको लागि रिलायबल रेमिटले र कन्ट्री डेभलपमेन्ट बैंक र रिलायन्स लोटस फाइनान्ससंग रेमिट्यान्स सम्झौता गरेकोे छ ।

रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी, कन्ट्री डेभलपमेन्ट बैंकका तर्पmबाट नि. प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र बहादुर दाहाल र रिलायन्स लोटस फाइनान्सका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

सहमति पश्चात दुवै बैकका सबै शाखाबाट रिलायबल रेमिटको रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने छ । काभ्रेको बनेपामा केन्द्रिय कार्यालय रहेको कन्ट्री डेभलपमेन्ट बैंकको कुल ०५ शाखाबाट र काठमाण्डौंको प्रदर्शनी मार्गमा केन्द्रिय कार्यालय रहेको रिलायन्स लोटस फाइनान्सको कुल ५ शाखाबाट सेवाग्राहीले देश विदेशबाट आएको भुक्तानी प्राप्त गर्नुका साथै आन्तरिक विप्रेषण मार्फत देशभर छरिएर रहेका ३६०० भन्दा बढी सञ्जाल मार्फत विभिन्न बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कंम्पनी एवं अन्य संघ संस्थामा नगद तथा खातामा जम्मा गर्न सकिने छ ।