३० आश्विन २०८३, शुक्रबार

जाजरकोटमा यस्तो छ टेलिफोन र इन्टरनेटको हालत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telecomजाजरकोट, ६ साउन । जाजरकोटमा टेलिफोन र इन्टरनेट सेवा सोमबारदेखि बन्द हुँदा समस्या भएको छ ।

नेपाल टेलिकमबाट वितरण गरिएको स्काई र एडिएसएल सेवा बन्द हुँदा समस्या भएको हो । घोराईमा समस्या आएका कारण सो सेवा बन्द भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जले बताएको छ । नयाँ संविधानको मस्यौदामाथि सल्लाह, सुझाव दिने यहाँका दुरदराजका स्थानीयवासीले टेलिफोनमा खराबी आएका कारण सुझाव दिन नपाएको गुनासो गरेका छन् ।

ग्रामीणस्तरमा स्काई फोनबाहेक अरूले काम गर्दैन । सेवा बन्द हुँदा जाजरकोटका सञ्चारकर्मीलाई समाचार आदानप्रदानदेखि बैङ्किङ सेवासमेत प्रभावित भएको छ । रासस